logo-img

‘माइतीघर’ फिल्मका नायक सिपी लोहनी अस्पताल भर्ना

नेपालको पहिलो व्यवसायीक चलचित्र माइतीघरका नायक सिपी (चिदाम्बरम प्रसाद) लोहनी स्वास–प्रस्वासको समस्याका कारण विगत केही दिनदेखि अस्पताल भर्ना भएका छन् । उनको अवस्था कमजोर रहेको पारिवारीक श्रोतले बताएको छ । गत साता निमोनिया भएपछि उनलाई अन्नपूर्ण अस्पताल भर्ना गरिएको थियो । ८६ वर्षीय लोहनी आइसियूमा छन् । 

विगत ६–७ वर्षदेखि उनी अल्जाइमर र पार्किन्सनको समस्याले थलिएका थिए । सन् १९६६ मा रिलिज भएको नेपालको पहिलो व्यवसायीक चलचित्र माइतीघरमा लोहनीले हिरोको भूमिका निर्वाह गरेका थिए। उनको अपोजिट कलाकारमा बलिउड नायिका माला सिन्हा थिइन । 

चलचित्रमा अभिनय गर्ने क्रममा प्रेममा परेपछि उनीहरूले विवाह गरेका थिए । हाल दुवै काठमाडौं डिल्लीबजारस्थित आफ्नो घरमा बसोबास गर्दै आइरहेका छन् । लोहनीले माइतीघर फिल्मको गीत पनि गाएका थिए । उनी नेपाली झ्याउरे गीतमा सिद्धहस्त मानिन्छन् । 





  • प्रकाशित मिति : वैशाख १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया