logo-img

जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्र विफल बनाएको युक्रेनको दाबी

युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका लागि रुसद्वारा समन्वित षड्यन्त्रमा संलग्न दुई युक्रेनी सुरक्षा अधिकारीलाई हिरासतमा लिइएको बताएको छ । 

किएभका अनुसार युक्रेनी नेतालाई रुसले धेरै अवसरमा निशाना बनाएको छ । यसमा सन् २०२२ फेब्रुअरीमा रुसी आक्रमणको सुरुआत पनि समावेश छ । 

युक्रेनको सुरक्षा सेवाले रुसको संघीय सुरक्षा सेवाद्वारा सञ्चालित एजेन्टहरूको एउटा नेटवर्कलाई पर्दाफास गरेको एक विज्ञप्तिमा बताएको छ । उक्त नेटवर्कको उद्देश्य जेलेन्स्की र अन्य वरिष्ठ युक्रेनी राजनीतिक तथा सैन्य अधिकारीहरूको हत्या गर्नु रहेको थियो । 

‘मस्कोबाट एफएसबीमार्फत गतिविधिहरुको निगरानी गरिएको नेटवर्कमा राज्य सुरक्षा विभागका दुई कर्नल संलग्न थिए, उनीहरूले रुसलाई गोप्य जानकारी चुहाइरहेका थिए,’ एसबियुले भनेको छ । 

युक्रेनी नेतालाई बन्धक बनाएर हत्या गर्न सक्ने जेलेन्स्कीको सुरक्षा विस्तारका निकट व्यक्तिहरूको पहिचान गर्न रुसले काम गरेको विज्ञप्तिमा उल्लेख छ । 

जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्रमा सहयोग गरेको आशंकामा एकजनालाई हिरासतमा लिइएको पोलिस र युक्रेनी अभियोजकहरूले गत महिना घोषणा गरेका थिए । त्यस्तै, किएभबाहिर जेलेन्सीको गतिविधिको विवरण उजागर गरी हत्या गर्ने योजना बनाएको आरोपमा एक महिलालाई पक्राउ गरिएको एसबियुले गत अगस्टमा बताएको थियो ।
 





  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार २१:५६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया