logo-img

फास्टट्र्याकको एकतिहाई काम सम्पन्न

काठमाडौं-तराई-मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको प्रगति विवरण सार्वजनिक गरेको हो । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित सेनाले सो जानकारी गराएको हो । 

कार्य प्रगति विवरण सार्वजनिक गर्दै आयोजना प्रमुख विकास पोखरेलले हालसम्मको समष्टिगत भौतिक प्रगति ३३.२० प्रतिशत रहेको र समष्टीगत वित्तीय प्रगति ३३.७१ प्रतिशत रहेको जानकारी दिएका छन्।

उनले आयोजनाको चालू आर्थिक वर्ष २०८०–८१ को वार्षिक लक्ष्यको तुलनामा हालसम्मको भौतिक प्रगति ८२.७७ प्रतिशत र वित्तीय प्रगति ६९.४१ प्रतिशत रहेको पनि जानकारी दिए।

कुल लम्बाई ७०.९७७ किलोमिटर रहेको यस द्रुतमार्गमा जम्मा लम्बाई १०.०५५ किलोमिटर हुने गरी ६ स्थानमा सुरुङ निर्माण हुने जनाइएको छ। त्यस्तै, १२.८८५ किमी लम्बाई हुने गरी ८९ स्थानमा पुल निर्माण हुनेछ।

६ वटामध्ये ३ वटा सुरुङ निर्माणको क्रममा रहेको र ३ वटामा खरिद सम्झौता भएर प्रक्रिया अगाडि बढेको आयोजना प्रमुख पोखरेलले जानकारी दिए।

उनका अनुसार ८९ पुलमध्ये ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका र ४ वटा जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको खोकना क्षेत्रमा परेको छ। 



कुल २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ लागतको सो द्रुतमार्ग २०८३ साल चैत मसान्तमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ।



  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार २३:१४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया